Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

१६१ स्थानको नतिजा घोषणा: रास्वपाले १२४ सिट जित्दा अरूलाई कति?

१६१ स्थानको नतिजा घोषणा: रास्वपाले १२४ सिट जित्दा अरूलाई कति?


  • 946
    Shares

    १६१ स्थानको नतिजा घोषणा: रास्वपाले १२४ सिट जित्दा अरूलाई कति?

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक गरिएको छ। 

    जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ सिट जितेको छ।  आज दिउँसो १ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले एक निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्। 

    निर्वाचन आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ।

    त्यस्तै नेकपा (एमाले) आठ स्थानमा विजयी भएको छ भने एक स्थानमा अगाडि छ। आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन्।

    श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक(एक स्थानमा विजयी भएका छन्। समानुपातिकतर्फ हालसम्म ८६ लाख ५३ हजार ४१६ मतगणना सम्पन्न भएको छ।

    त्यसमध्ये रास्वपाले ४१ लाख ८० हजार ३२२, कांग्रेसले १३ लाख ९७ हजार ८७४, एमालेले ११ लाख ८० हजार ७९४ र नेकपाले ६ लाख १४ हजार ३६०, श्रम संस्कृति पार्टीले ३ लाख ४ हजार ५७१ र राप्रपाले दुई लाख ८३ हजार २२१ मत प्राप्त गरेको छ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - १४:२७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij