२०८२ भाद्र ८ गते आइतवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका लागि विवरण पठाउन बाँकी स्थानीय तहलाई चैत मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ ।
खुद पुल दरबन्दी कट्टा गर्न बाँकी रहेका स्थानीय तहलाई सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाई मार्फत् चैत मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ ।
खुद पुल रहेको कट्टा गर्नुपर्ने रिक्त दरबन्दी, राहतको विवरण, कटौती हुने खुद पुल दरबन्दी रहेको स्थानीय तहबाट तोकिएको सोही जिल्लाको अर्को दरबन्दी थप हुने स्थानीय तह वा सोही प्रदेशको दरबन्दी थप हुने अर्को जिल्लाको स्थानीय तहमा दरबन्दी थपसहित सरुवा भई जान इच्छुक शिक्षकको निवेदन माग र संकलन गरी सो सहितको विवरण पठाउन निर्देशन दिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij