Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

गाँजा खुला गर्न परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर

गाँजा खुला गर्न परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर


  • 1.8K
    Shares

    गाँजा खुला गर्न परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर
    images

    काठमाडौँ । नेपालमा गाँजा खुला गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बिहीबार अधिवक्ता सरोज अधिकारी र व्यवसायी ऋगेन्द्र गिरीले सरकारलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

    रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ ।

    सार्वजनिक सरोकारको विषय अन्तर्गत दायर गरिएको सो रिटमा औषध (नियन्त्रण) ऐन, २०३३ मा भएको व्यवस्था बमोजिम नियमावली बनाई गाँजालाई नियन्त्रण एवं नियमन गर्नु गराउनु भनी विपक्षीहरूको नाउँमा परमादेश लगायतको जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गर्न माग गरिएको छ ।  गाँजाका प्रत्येक अंशको फरक फरक फाइदा रहेको र यो बेकामे नहुने भन्दै गाँजाबाट विभिन्न औषधी, लत्ताकपडा लगायत अन्य निर्माण सामाग्रीहरू बनाई प्रयोग भइरहेको जनाउँदै नशाको रूपमा हुने दुर्व्यसन रोक्दै अन्य प्रयोजनका लागि गाँजा खुला गर्न माग गरिएको छ । 

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १६:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij