Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश


  • 393
    Shares

    दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारण सहित दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

    प्रहरीले गत मंसिर १ गते प्रसाईँलाई आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीलेभक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।

    उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । 

     

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १७:११:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij