२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई ३ बुँदे सिफारिस गरेको छ । आन्दोलनरत कर्मचारीको माग पूरा गर्न बोर्डको सञ्चालक समिति बैठकको निर्णय अनुसार ३ बुँदे सिफारिस गरिएको हो ।
बोर्डले गरेको सिफारिसको पहिलो बुँदामा मन्त्रालयले गत भदौ २ गते कर्मचारीको सेवा सुविधा घट्ने र फिर्ता गर्नुपर्ने गरी दिएको निर्देशन पुनरावलोकन गर्न भनिएको छ ।
दोस्रो बुँदामा कर्मचारीसम्बन्धी कार्यविधि खारेज गर्न र कार्यविधिमा रहेका कुराहरू नियमावलीमा राखेर समायोजन गर्न सिफारिस गरिएको छ ।
साथै, तेस्रो बुँदा अन्तर्गत नेपाल धितोपत्र बोर्डको स्वायत्तता कायम गर्ने विषयमा विद्यमान कानुनी व्यवस्थालाई सुधार गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।
अर्थ मन्त्रालयमा माग पूरा गर्ने सहमतिसँगै उनीहरू काममा फर्किएका थिए । नियमित काममा फर्किए पनि कर्मचारीहरूले अहिले पनि कार्यालय परिसरमा एक घण्टा धर्ना भने दिइरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij