Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छः अध्यक्ष दाहाल

मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छः अध्यक्ष दाहाल


  • 358
    Shares

    मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छः अध्यक्ष दाहाल
    images

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताएका छन् । बिहीवार निर्माणाधिन संसद भवनको निरिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताएका हुन् ।

    नयाँ संसद भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको बताएका छन् । यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको बताएका छन् । आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको बताएका छन् ।
     
    उनले भने, ‘यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम शुरु गर्नेगरी तयारी थालेका छौँ । प्रतिनिधि सभालाई झनै बढी खाँचो परिसक्यो । जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो । केही प्रगति भएको अनुभुति भएको छ । अझ रफ्तारमा लैजानुपर्छ । वैशाखसम्म प्रतिनिधि सभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ ।’

     

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १७:०१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij