Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा


  • 365
    Shares

    विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा
    images

    काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सम्बन्धी मुद्दा हेर्न नभ्याइने भएको छ । उच्च अदालत पाटनमा यूएस बंगला विमान कम्पनीले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्धको मुद्दा १० नम्बर पेसी सूचीमा रहेको थियो ।

    एयरलाइन्सले दायर गरेको निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र कृष्णमुरारी शिवाकोटीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिलायन्स स्पिनिङ मिल्सको मुद्दामा सुनुवाइ लम्बिने भएपछि पेसी सूचीमा परेका अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो । 

    जिल्ला अदालतले क्षतिपूर्ति तिराउने फैसलाविरुद्ध कम्पनीका तर्फबाट तेजेन्द्र गिरीले गत भदौ १५ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्ला अदालत काठमाडौंले दुर्घटनामा ज्यान गुमाएका १७ परिवारले क्षतिपूर्ति पाउनुपर्ने पक्षमा फैसला गरेपछि विमान कम्पनी उच्च अदालत पुगेको हो । 

    २०७४ फागुन २८ गते (सन् २०१८ मार्च १२) गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले फैसला गरेको थियो ।

    क्षतिपूर्ति मृतकको पृष्ठभूमि र उमेर हेरेर तय गरिएको छ । सो दुर्घटनामा ज्यान गुमाएका बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीहरूको हकमा १ लाख ७० हजार ३८२ अमेरिकी डलर अर्थात् २ करोड ३४ लाख रुपैयाँ र एमबीबीएस डाक्टरको हकमा १ लाख ७९ हजार ४१८ अमेरिकी डलर (२ करोड ४७ लाख ३२ हजार रुपैयाँ) तिर्नुपर्ने फैसलामा भनिएको थियो ।

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १७:०४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij