Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

२४ अंकले घट्यो सेयर बजार, सबै सूचकमा गिरावट

२४ अंकले घट्यो सेयर बजार, सबै सूचकमा गिरावट


  • 1.8K
    Shares

    २४ अंकले  घट्यो सेयर बजार, सबै सूचकमा गिरावट
    images

    सोमबार पनि सेयर बजारका सबै सूचक ओरालो लागेका छन् । परिसूचक नेप्से १९५१ अंकमा झरेको छ । अघिल्लो दिन १९७५ अंकमा रहेको नेप्से २४.६८ अंक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खस्किएको छ । दिनभर कुल १ अर्ब १६ करोडको कारोबार भयो ।

    हिजो कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल २४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ५ को स्थिर रह्यो । सेन्सिटिभ सूचकका साथै सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ २०, विकास बैंक ३७, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १६, जीवन बीमा १६५, उत्पादन ४४, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ८२, अन्य १३ र ब्यापार उपसमूह ३० अंक घटे ।

    शुभम् पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ४ र ग्रीन भेन्चरको ३ प्रतिशत बढ्यो । खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६, आदर्श लघुवित्तको ५.४, हिमालयन बैंक र नाडेप लघुवित्तको मूल्य ५.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र नबिल बैंक क्रमशः अगाडि रहे ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १५:३४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij