Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

दुइ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुन-कुन ?

दुइ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुन-कुन ?


  • 2.1K
    Shares

    दुइ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुन-कुन ?
    images

    कृषि विकास बैंक र स्वरोगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ  बुक क्लोज गर्दैछन् । तसर्थ, यी दुवै कम्पनीको लाभांश हात पार्न आज सेयर खरिद गर्नुपर्ने हुन्छ ।

    कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले चैत १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा यस बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

    स्वरोगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट यरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ प्रतिशत नगद लाभांश बितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस संस्थाले चैत ११ गते वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११;३० बजेबाट सुरु हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - ११:५०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij