Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

एमाले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन, कुनमा को ?

एमाले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन, कुनमा को ?


  • 589
    Shares

    एमाले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन, कुनमा को ?
    images

    काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनका लागि विभिन्न ११ वटा उपसमितिहरू गठन गरेको छ ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उपसमितिहरू गठन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार प्रतिनिधि व्यवस्थापन, जनपरिचालन, आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, यातायात व्यवस्थापन, अतिथि सत्कार, स्वयंसेवक परिचालन, प्रचार, मञ्च व्यवस्थापन, स्वास्थ्य र आर्थिक उपसमितिहरू बनाइएको हो ।

    प्रत्येक समितिमा एक जना संयोजक र एक जना सचिव तोकिएका छन् ।

    कुन समितिमा को को ?

    १) प्रतिनिधि व्यवस्थापन समिति

     संयोजक: काशीनाथ अधिकारी

     सचिव: माधव ढुंगेल

    २) जनपरिचालन समिति

     संयोजक: प्रदीप ज्ञवाली

     सचिव: राजन भट्टराई

    ३) आवास व्यवस्थापन समिति

     संयोजक: छविलाल विश्वकर्मा

     सचिव: लालबाबु पण्डित

    ४) खाद्य व्यवस्थापन समिति

     संयोजक: लेखाराज भट्ट

     सचिव: भीष्म अधिकारी

    ५) यातायात व्यवस्थापन समिति

     संयोजक: गोकर्ण विष्ट

     सचिव: रचना खड्का

    ६) अतिथि सत्कार समिति

     संयोजक: रघुवीर महासेठ

     सचिव: महेश बर्तौला

    ७) स्वयंसेवक परिचालन समिति

     संयोजक: भानुभक्त ढकाल

     सचिव: विनोद पाण्डे

    ८) प्रचार समिति

     संयोजक: पद्मा अर्याल

     सचिव: राजेन्द्र गौतम

    ९) मञ्च व्यवस्थापन समिति

     संयोजक: विनोद श्रेष्ठ

     सचिव: लोकबहादुर भण्डारी

    १०) स्वास्थ्य समिति

     संयोजक: कृष्ण गोपाल श्रेष्ठ

     सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

    ११) आर्थिक समिति

    संयोजक: विष्णु रिमाल

    सचिव: विना श्रेष्ठ

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - २१:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij