Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- सरकारलाई हाम्रो पूरा साथ छ

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- सरकारलाई हाम्रो पूरा साथ छ


  • 820
    Shares

    प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- सरकारलाई हाम्रो पूरा साथ छ
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार भेटवार्ता भएको छ।

    उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा कुरा राखेका छन् ।

    ‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भने, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।’

    विप्लव नेतृत्वको नेकपा अहिले निर्वाचन आयोगमा नेकपा माओवादीका रुपमा दर्ता भएको छ । पुष्पकमल दाहाल प्रचण्डले माओवादी धार त्यागेका बेला आयोगले विप्लवलाई नेकपा माओवादी नामको पार्टी दर्ता गरेर दिएको हो । उनले रातो गुलाफ चुनाव चिह्न पाएका छन् ।

    प्रधानमन्त्रीले बुधबार मात्रै निर्वाचनमा आयोगमा दर्ता भएकामध्ये ११० दलका प्रतिनिधिसँग लामो संवाद गरेकी थिइन् । उनले तीन पटकसम्म दलका नेताहरूसँग संवाद गरिसकेकी छन् । अब उनले दलका नेताहरूलाई अलग अलग बोलाएर छलफल थालेकी छन् ।

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - २०:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij