Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेसबाट अलग भए रामचन्द्र पौडेल, सबै जिम्मेवारीबाट दिए राजीनामा

कांग्रेसबाट अलग भए रामचन्द्र पौडेल, सबै जिम्मेवारीबाट दिए राजीनामा


  • 2.2K
    Shares

    कांग्रेसबाट अलग भए रामचन्द्र पौडेल, सबै जिम्मेवारीबाट दिए राजीनामा

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । २५ फागुनमा राष्ट्रपति चुनिएका पौडेलले कांग्रेसका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै केन्द्रीय कार्यालयसमक्ष आइतवार राजीनामा बुझाएका हुन् । 

    ‘हाम्रो दलबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेलले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । 

    पौडेल कांग्रेसमा कार्यवाहक सभापति, उपसभापति, महामन्त्री भएका थिए । उनी २०४८ सालयता २०७४ बाहेक सबै चुनावमा जित्दै आएका थिए ।

    उनी सभामुख र पटक–पटक मन्त्री पनि भए ।  पौडेलले भोलि चौथो कार्यकालको राष्ट्रपतिका लागि शपथ ग्रहण गर्दैछन् ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १५:०४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij