Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विद्यालय कर्मचारी परिषद्ले बुझायो ७५३ वटै पालिकामा ध्यानाकर्षण पत्र (सूचीसहित)

विद्यालय कर्मचारी परिषद्ले बुझायो ७५३ वटै पालिकामा ध्यानाकर्षण पत्र (सूचीसहित)


  • 5.2K
    Shares

    विद्यालय कर्मचारी परिषद्ले बुझायो ७५३ वटै पालिकामा ध्यानाकर्षण पत्र (सूचीसहित)

    नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आज शुक्रबार देशभरका ७५३ वटै पालिका (स्थानीय सरकार)समक्ष पेसागत विभिन्न मागबारे राखेर ध्यानाकर्षण पत्र बुझाउने कार्य सम्पन्न गरेको छ ।

    काठमाडौँमा सम्पन्न परिषद्को तेस्रो राष्ट्रिय सम्मेलनबाट सबै पालिका प्रमुखहरूलाई ध्यानाकर्ष पत्र बुझाउने निर्णय भएको थियो । सोही अनुसार ध्यानाकर्षण पत्र बुझाइएको हो । परिषद्ले यस कार्यलाई शान्तिपूर्ण आन्दोलन गरेको ठानेको छ ।

    नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले ७५३ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने काम सम्पन्न भएको जानकारी दिए ।

    अब आन्दोलनका अन्य कार्यक्रमहरू अगाडि बढाइने बताउँदै अध्यक्ष तिवारीले विद्यालय बन्दको मिति भने परिषद्को बैठकले टुंगो लगाउने जानकारी दिए ।

    लामो समयसम्म माग पूरा नगरेको भन्दै सरकारविरुद्ध विद्यालय कर्मचारीहरूले विभिन्न स्वरूपमा आन्दोलन गर्दै आएका छन्। 

    bidhyalaya (2).jpg
    bidhyalaya (1).jpg

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - ११:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij