Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति निर्वाचन: मतदानकै दिन बेलुकी नतिजा सार्वजनिक हुने

राष्ट्रपति निर्वाचन: मतदानकै दिन बेलुकी नतिजा सार्वजनिक हुने


  • 2.0K
    Shares

    राष्ट्रपति निर्वाचन: मतदानकै दिन बेलुकी नतिजा सार्वजनिक हुने
    images

    काठमाडौँ । बिहीबार हुने राष्ट्रपति निर्वाचनको सबै तयारी पुरा भएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको  निर्वाचन आयुक्त महेश शर्मा पौडेलले जानकारी दिए  । 

    निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार मतदानकै दिन बेलुकी ७ बजे नतिजा सार्वजनिक गर्ने तयारी छ  ।

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् । 

    निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् ।   

    राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनकातर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १६:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij