२०८२ मंसिर ५ गते शुक्रवार
दार्चुलामा भारतीय नागरिक बोकेको जीप दुर्घटना भएको छ । महाकाली महाकाली नगरपालिका ४ बाङ्गाबगर जिपपार्क नजिक मधेश प्रदेशको ०३ ००१ ज ०३४० नम्बरको जीप बिहान ११ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृत्यु हुनेमा भारतको पिथौरागढ जिल्ला धारचुला तहशिल सिमखोलाकी ६० वर्षिया कालीदेवी नेगी रहेको प्रहरी निरीक्षक लोकेन्द्रबहादुर कार्कीले बताए । नेगीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।
जीप दुर्घटनामा महाकाली नगरपालिका-२ बुढिचौराका २४ वर्षीय जिप चालक मोहन सिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij