Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको छ: मन्त्री शर्मा

शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको छ: मन्त्री शर्मा


  • 1.9K
    Shares

    शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको छ: मन्त्री शर्मा
    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छिन् ।

    धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको विषय समयमै टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरू भएको बताएकी हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको उनको भनाइ छ ।

    ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरू स्वाभाविक ढंगले भएका छन् ।’ मन्त्री शर्माले भनिन्, ‘अहिले चिन्ता जाहेर भएको छ, शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि ? म सरकारको तर्फबाट के भन्न चाहान्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौं ।’

    शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसदमा टेबल गरिएको र पछि दुई/चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक समितिबाट नआएको उनको जानकारी दिइन् ।

    त्यहीबीचमा संसद विघटन भएपछि विधेयक अलपत्र परेको उनले बताइन् । मन्त्री शर्माले भनिन्, ‘यही अधिवेशनमै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा लैजाने र सम्मानित सर्वोच्च अदालत गरेको फैसलालाई पनि कार्यान्वयन गर्ने छौं ।’

    विस्तृत शान्ति प्रक्रियाको पक्षमा र संक्रमणकालीन न्यायको पक्षमा आवाज उठाउन उनले आह्वानसमेत गरिन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १४:५०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij