Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नेपाली उत्पादन प्रयोग गर्न उद्योग मन्त्रालयको निर्देशन

नेपाली उत्पादन प्रयोग गर्न उद्योग मन्त्रालयको निर्देशन


  • 1.8K
    Shares

    नेपाली उत्पादन प्रयोग गर्न उद्योग मन्त्रालयको निर्देशन
    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयहरूलाई स्वदेशी उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ । मन्त्रालयले सबै संस्थान र विभागलाई स्वदेशी उत्पादन प्रयोग गर्न भनेको हो ।

    उद्योग मन्त्रालयले एक परिपत्र जारी गर्दै भनेको छ, ‘फागुन १२ गते सचिवको संयोजकमा बसेको ६४ औँ केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकको निर्णयले सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग गर्ने प्रबन्ध मिलाउने उल्लेख गरेकाले सो बमोजिमको निर्णय कार्यान्वयनको लागि अनुरोध छ ।’

    मन्त्रालयले सोही निर्णयलाई टेकेर मातहतका विभाग र संस्थानलाई स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन दिएको बताएको छ । मन्त्रालयले सबै सरकारी निकायले प्रयोग गर्ने स्टेशनरी, खाजाका परिकारदेखि खरिदका कार्यमा समेत स्वदेशी प्रयोगलाई प्राथमिकता दिने निर्णय पनि यसअघि नै गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १३:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij