Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रामचन्द्र पौडेल राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार नभएको भन्दै ओलीले यसरी खने खोइरो

रामचन्द्र पौडेल राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार नभएको भन्दै ओलीले यसरी खने खोइरो


  • 2.7K
    Shares

    रामचन्द्र पौडेल राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार नभएको भन्दै ओलीले यसरी खने खोइरो

    एमाले अध्यक्ष केपी ओलीले रामचन्द्र पौडेल राष्ट्रियताको प्रस्तावमा अवरोध गर्ने र संसदीय प्रणालीमा बेठीक अभ्यासको सुरुवात गर्ने व्यक्ति भएकाले राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार नभएको टिप्पणी गरेका छन् ।

    एमाले केन्द्रीय कार्यालयमा राष्ट्रपति निर्वाचनका लागि सांसदहरूलाई सोमबार प्रशिक्षण दिँदै ओलीले त्यस्तो टिप्पणी गरेका हुन् । 

    ‘नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रजातन्त्रका लागि लामो समयदेखि लाग्दै आउनुभएको छ । तर, उहाँले सभामुख हुँदा के गर्नुभयो हामीले देखेका छैनौँ ?,’ ओलीले भने, ‘गोकुल बाँस्कोटाले तिथिमिति टिपेर राख्नुभएको छ ।

    मैले संसद्मा ०५५ साउनमा कालापानी क्षेत्रमा भारतीय सेना छ । नेपालको भूभागमा भारतीय सेना रहेको विषयमा छलफल गरौँ भन्दा उहाँले छलफलको विषय नै होइन भनेर सभामुखको अधिकार प्रयोग गरेर सांसदहरूको अधिकार खोस्नुभएको थियो ।’ 

    त्यतिवेला पौडेलले बहुमतको अहंकार देखाएर राष्ट्रियताको गम्भीर विषयसम्बन्धी प्रस्तावमा छलफल हुन नदिएर पदको दुरुपयोग गरेको इतिहास साक्षी रहेको ओलीले दाबी गरे । ‘०५४ मा एमालेका सांसद बोलाइबोलाइ सही गर्न लगाएर एमाले फुटाउन महत्वपूर्ण भूमिका खेल्ने मान्छे रामचन्द्र पौडेल हुन्,’ ओलीले भने, ‘संसदीय बेठीक अभ्यासको सुरुवात गर्ने उहाँ नै हो ।

    केही पनि पालना गर्नुनपर्ने, जे पनि कुल्चिन मिल्ने व्यक्ति हो । व्यक्तिगत रूपमा उहाँ मेरो साथी हो । तर, सभामुखको रूपमा काम नलाग्ने मान्छे हो । राष्ट्रपतिमा त झन् काम नलाग्ने मान्छे हो ।’ पौडेलले राष्ट्रपति ठीक ढंगबाट चलाउनुहुन्छ भन्ने आशा नभएको भन्दै उनले त्यस्ता फेहरिस्त धेरै भएको दाबी पनि गरे । 

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १२:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij