Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सेयर बजारमा ३० अंकको करेक्सन, १३ वटै उपसमूहको सूचक घट्यो

सेयर बजारमा ३० अंकको करेक्सन, १३ वटै उपसमूहको सूचक घट्यो


  • 1.8K
    Shares

    सेयर बजारमा ३० अंकको करेक्सन, १३ वटै उपसमूहको सूचक घट्यो
    images

    साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से ३०.७७ अंकले ओरालो लागेर १९३८.२५ विन्दुमा अडिएको छ।

    सेन्सेटिभ इण्डेक्स  ४.८६ अंकले घटेर ३६८.७० विन्दुमा पुगेको छ। कारोबारमा आएका १९६ कम्पनीको मूल्य घट्यो भने १८ को मात्रै बढ्यो।

    यसदिन २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँमा खरिदबिक्री भयो।

    दोहोरो अंकले ओरालो लागेको बजारमा एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो। सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। यसदिन सामलिङ पावरको मूल्य १० प्रतिशतले ओरालो लाग्यो।

    यस्तै आदर्श लघुवित्तीय वित्त र खप्तड लघुवित्त वित्तीयको मूल्य ७ प्रतिशत बढिले ओरालो लाग्यो। कारोबारमा आएका १३ उपसमूहको सूचक नकारात्मक छन्। मनु एन्ड प्रोको सूचक सर्वाधिक ३ प्रतिशत बढिले घट्यो।

    यसदिन कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ४४ लाख १८ हजार ४५२ रूपैयाँको सेयर कारोबार भयो।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १६:२०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij