Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सहिद परिवार र घाइतेलाई उचाल्ने काम गरियो: महेश बस्नेत

सहिद परिवार र घाइतेलाई उचाल्ने काम गरियो: महेश बस्नेत


  • 141
    Shares

    सहिद परिवार र घाइतेलाई उचाल्ने काम गरियो: महेश बस्नेत
    images

    काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका सहिद परिवारलाई माइतीघर मण्डलामा उचाल्ने काम गरेको बताएका छन् ।

    नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री सुशीला कार्की, सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालको योजनामा एमालेको नेश्नल भोलेन्टियर फोर्सका विरुद्ध उचाल्ने काम भएको बताएका हुन् ।

    उनले भने, ‘माइतीघर मण्डलामा सहिद परिवार र घाइतेलाई उचाल्ने काम गरियो, म सुशीला आमा र ओमप्रकाशजीलाई सुझाव दिन चाहन्छु–सहिद परिवार र घाइते परिवारलाई सम्बोधन गर्ने तपाईंहरुको हैसियत छैन’, ,‘अब चाँडै संसद् पुनर्स्थापनापछि बन्ने सर्वदलीय सरकार जहाँ जेनजीको पनि प्रतिनिधित्व हुन्छ । उनीहरूको सम्मान गर्छ, उपचार गर्छ र राहत एमालेले दिनेछ ।’

     

     

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १४:१८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij