Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

एन्फाको सह महासचिवमा भट्टराई, जोशी र अर्याल नियुक्त

एन्फाको सह महासचिवमा भट्टराई, जोशी र अर्याल नियुक्त


  • 1.5K
    Shares

    एन्फाको सह महासचिवमा भट्टराई, जोशी र अर्याल नियुक्त
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बद्री भट्टराई, अरुणमान जोशी र वसन्त अर्याललाई सह महासचिवमा नियुक्त गरेको छ । एन्फा मुख्यालयमा बसेको बैठकले भट्टराई, जोशी र अर्याललाई सह महासचिवमा नियुक्त गरेको हो ।

    भट्टराई एन्फाको निर्वाचित कार्यसमितिमा पनि थिए । यद्यपि, बैठकलाई एन्फाका बहुमत सदस्यले बहिष्कार गरेका थिए । बैठकका लागि उपस्थित एन्फाका २० सदस्यमध्ये १० सदस्यले बहिष्कार गरेका थिए ।

    बैठक बहिष्कार गर्नेमा उपाध्यक्ष त्रय दीर्घ बहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा छन् ।

    अर्का सदस्य टीका लामाले पनि वैधानिक नभएको भन्दै बैठक छोडेर हिँडेका छन् । बैठक बहिष्कार गर्ने सदस्यहरूले अध्यक्ष पङ्कजविक्रम नेम्वाङ तानासाह र गुन्डागर्दी ढङ्गमा चलेको आरोप लगाएका छन् । बहिष्कारबीच नेम्वाङले बैठक जारी राखेका थिए । २१ केन्द्रीय सदस्यमध्ये मनीष जोशी अनुपस्थित थिए ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १६:२६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij