Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

उपरथी शाहीलाई सघाएको आरोपमा थप दुई सैनिक अधिकारीमाथि छानबिन

उपरथी शाहीलाई सघाएको आरोपमा थप दुई सैनिक अधिकारीमाथि छानबिन


  • 1.6K
    Shares

    उपरथी शाहीलाई सघाएको आरोपमा थप दुई सैनिक अधिकारीमाथि छानबिन
    images

    काठमाडौँ । सैनिक अदालतले कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिनालाई बयानको लागि बोलाएको छ । आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई  सघाएको आरोपमा  उनीहरूलाई बयानमा बोलाइएको हो ।

    सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाह र तिमिल्सिनालाई सोधपुछ गर्न बोलाइएको जानकारी दिए । उनीहरुमाथि सैनिक अनुशासन उल्लंघनको आरोप रहेको प्रवक्ता भण्डारीले बताए ।

    उपरथी शाहीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।

    समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको जानकारी प्रवक्ता भण्डारीले दिए । ‘उहाँहरुलाई सैनिक अनुशासन उल्लंघनको आरोपमा सोधपुछका लागि बोलाइएको हो, ’ प्रवक्ता भण्डारीले भने ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १६:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij