Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति


  • 7.5K
    Shares

    गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति

    गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको बताउनुभएको छ । वडा नं १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख चालिसेले स्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्वपूर्ण विषय भएकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    जोरपाटी–सुन्दरीजल सडकखण्डमा ढल निर्माणलगायतका काम अन्तिम चरणमा रहेको र यही फागुन १९ गतेदेखि सडक कालोपत्र शुरु गरिने उहाँले बताउनुभयो । दुई महिनाभित्र सडक कालोपत्र पूरा गरिने नगरपालिकाको प्रतिबद्धता छ । काठमाडौंको गुह्येश्वरीदेखि वागद्वारसम्मको क्षेत्रलाई धार्मिक पर्यटन परिपथको रूपमा विकास गर्न लागिएको उल्लेख गर्दै नगरप्रमुख चालिसेले आगामी वैशाख १ गते मोटरसाइकलबाट वागद्वार जान सकिने बताउनुभयो । 

    नगरपालिकाका सल्लाहकार दीपक रिसालले नगरपालिकाले आधारभूत आवश्यकताको पहिचान गरी छुट्याएको बजेटको नतिजा देखिन थालेको बताउनुभयो । कक्षा १ देखि ८ सम्म स्थानीय विषय समेटिएको पुस्तक लागू गरिएकामा यसकोे प्रभाव राम्रो देखिएको उहाँले बताउनुभयो । वडा नं १ का अध्यक्ष राम मानन्धरले विद्यालय एवं सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल भइरहेको बताउनुभयो । त्यस अवसरमा विद्यालयमा दिवा खाजा सञ्चालन एवं शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षयकोषमा रकम जम्मा गर्ने दाता र विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । रासस

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - ११:०७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij