Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस नतिजा

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस नतिजा


  • 2.0K
    Shares

    एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस नतिजा
    images

    काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्तालाइ विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतवार विहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो । 

    विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १४ लाख ३२ हजार २२२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये ६ हजार ५०२ जनाको आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ । योग्य १४ लाख २५ हजार ७२० जना आवेदकलाई बाँडफाँटमा सहभागी गराईएको थियो ।

    कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । बाँडफाँटमा ६९ हजार ७२० जना भाग्यमानी आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । योग्य आवेदकहरूमध्ये पनि १३ लाख ५९ हजार आवेदकको हात खाली भएको छ ।

    कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ सार्वजनिक निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो । 

    कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४० लाख  बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ ।

    ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाई छ ।

    यस कमपनीले ईलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

    यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने  प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ । हाल कम्पनीमा संस्थापक तर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुगेको छ 

    कसरि हेर्ने नतिजा :
    १) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
    २) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
    ३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
    ४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
    ५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
    ६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - ११:०७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij