Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न केन्द्रको यस्तो निर्देशन

विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न केन्द्रको यस्तो निर्देशन


  • 2.4K
    Shares

    विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न केन्द्रको यस्तो निर्देशन

    काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले सामुदायिक विद्यालयहरुलाई विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न/भराउन निर्देशन दिएको छ ।

    शाखाले आर्थिक वर्ष २०७९/०८० मा विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयहरुले भराउन निर्देशन दिएको छ ।

    शाखाले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुर्‍याई फारम भराउन अनुरोध गरेको छ ।

    शाखाको अनुसार पीएमटी फारम फागुन १० गतेदेखि चैत ९ गतेभित्र विद्यार्थीलाई भराउन र चैत मसान्तभित्र विद्यालयले अपलोड गरिसक्नुपर्ने जनाएको छ।

    निर्धारित म्याद भन्दापछि अपलोड भएका फारम मान्य नहुने सूचनामा उल्लेख गरेको छ । शाखाले स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई सहजीकरण गर्न अनुरोध गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १३:०६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij