Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय सहमति भए राष्ट्रपति बन्न माधव नेपाल तयार

राष्ट्रिय सहमति भए राष्ट्रपति बन्न माधव नेपाल तयार


  • 2.5K
    Shares

    राष्ट्रिय सहमति भए राष्ट्रपति बन्न माधव नेपाल तयार

    एमाले अध्यक्ष ओलीले राष्ट्रपति बनाउन प्रस्ताव गरे माधव नेपाल तयार रहेको उनीनिकट एकीकृत समाजवादीका नेताहरूले बताएका छन् । तर, त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने उनीहरूको भनाइ छ।

    ‘माधव कमरेडलाई राष्ट्रपतिमा प्रस्ताव गरे उहाँ तयार हुनुहुन्छ,’ एकीकृत समाजवादीको पदाधिकारी समेत रहेका ती नेताले भने, ‘त्यसमा एमाले र माओवादी प्रस्तावक र कांग्रेस समर्थक बन्नुपर्छ।’

    ‘राष्ट्रिय सहमति जुटाउनेगरी तीनै दलको साझा उम्मेदवार हुने भए मात्र उहाँ अघि बढ्नुहुन्छ, नत्र राजनीतिलाई दाउमा राख्ने कुरा हुँदैन,’ उनले थपे, ‘उहाँजस्तो व्यक्तिलाई राष्ट्रपति मान्न कांग्रेस तयार नभए ‘डिजास्टर’ हुन्छ। विगतमा पनि ठूलो जोखिम मोलेर माधव नेपालले संकटको समाधान दिनुभएको हो।’

    तर, उनले एमाले र कांग्रेस दुवै एकै ठाउँमा उभिने सम्भावना कम रहेको बताए।

    ‘कांग्रेसलाई सहमत गराउने प्रयत्न त हुन्छ। त्यसो हुँदा राष्ट्रपतिमा माधव नेपाल साझा उम्मेदवार बन्नुपर्छ। तर, दुई ठूला दलहरुको प्रतिस्पर्धाले एकै ठाउँ उभिन तयार हुन्छन् जस्तो लाग्दैन,’ पदाधिकारीका ती नेताले भने। 

    एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले राष्ट्रपतिको उम्मेदवारबारे छलफल अझै पात्र विशेषमा नगएको बताए। 

    अध्यक्ष नेपाल पनि अझै एमालेसँग ढुक्क हुन सकेका छैनन्। सोमबार दिउँसो (८ फागुन) प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा डेढ घण्टा छलफल भएको थियो। 

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - ०६:४८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij