Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल विद्यालय कर्मचारी परिषद्को दुई दिने राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंमा

नेपाल विद्यालय कर्मचारी परिषद्को दुई दिने राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंमा


  • 3.3K
    Shares

    नेपाल विद्यालय कर्मचारी परिषद्को दुई दिने राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंमा

    नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंमा हुने भएको छ ।

    परिषद्ले भोलि फागुन ८ र पर्सी ९ गते दुई दिन डिल्लीबजारस्थित नेपाल साँस्कृतिक संघको भवनमा राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे । सम्मेलनको उद्घाटन सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले गर्ने बताइएको छ ।

    परिषद्ले उक्त सम्मेलनबाट आफ्ना पेसागत माग सम्बोधन गराउन सरकारको थप ध्यानाकर्षण गराउनेछ । परिषद्ले यसअघि विभिन्न समयमा  मागमुद्दाबारे सरकारको ध्यानाकर्षण गराए पनि सम्बोधन भएका छैनन् ।

    शिक्षा ऐन २०२८ को संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४ हजार ७३० मासिक तलब र दुई हजार रूपैयाँ महंगी भत्ता गरी जम्मा रू ३६ हजार ७३० पारिश्रमिक, विद्यालय सहयोगीलाई रू २४ हजार २१० र महंगी भत्ता दुई हजार गरि रू २६ हजार २१० तलब दिनुपर्ने लगायतका माग रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १५:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij