Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

‘प्रारम्भिक बाल विकास तथा शिक्षा सबलीकरण कार्यनीति’ को मस्यौदा तयार पार्न केन्द्रको माग

‘प्रारम्भिक बाल विकास तथा शिक्षा सबलीकरण कार्यनीति’ को मस्यौदा तयार पार्न केन्द्रको माग


  • 2.4K
    Shares

    ‘प्रारम्भिक बाल विकास तथा शिक्षा सबलीकरण कार्यनीति’ को मस्यौदा तयार पार्न केन्द्रको माग

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘प्रारम्भिक बाल विकास तथा शिक्षा सबलीकरण कार्यनीति’ को मस्यौदा तयार पार्न परामर्शदातासँग प्रस्ताव माग गरेको छ । ११ फागुनभित्रमा आवश्यक योग्यता भएका परामर्शदाताहरूले प्रस्ताव पेस गर्न सक्नेछन् ।

    परामर्शदार्ताहरूले प्रारम्भिक बालबालिका तथा शिक्षा सबलीकरण कार्यनीतिका लागि सुझाव सङ्कलनको खाका तयार पार्नु पर्नेछ । त्यस्तै सुझाव सङ्कलनका लागि धुलिखेलमा सञ्चालन गरिने राष्ट्रिय स्तरको र बर्दिबासमा सञ्चालन गरिने फिल्डस्तरको कार्यशालामा उपस्थित भई सुझाव टिपोट र सङ्ग्रह गर्नुपर्नेछ । 

    प्राप्त गरेका सुझावहरू समेटेर कार्यनीतिको मस्यौदा तयार पार्नुपर्ने केन्द्रले जनाएको छ । प्रारम्भिक मस्यौदा प्रतिवेदन केन्द्रमा प्रस्तुत गर्ने र छलफल गराउनुपर्नेछ । प्राप्त सुझाव र पृष्ठपोषण समाविष्ट गरी अन्तिम मस्यौदा तयार गरी पेस गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसरी प्रस्ताव पेस गर्ने परामर्शदाताको मुख्य जनशक्ति शिक्षा शास्त्रमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी प्राध्यापक वा अध्ययन वा अनुसन्धानमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ । 

    प्रारम्भिक बालविकास तथा शिक्षा मूल विषय लिई उच्च शिक्षा अध्ययन गरेका तथा प्रारम्भिक बालविकास तथा शिक्षाका क्षेत्रमा काम गरेकालाई विशेष प्राथमिकता दिइनेछ । परामर्शदाताले १५ फागुन २०७९ देखि काम सुरु गरेर वैशाख मसान्तसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १४:५९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij