Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एसइई दिने विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

एसइई दिने विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा


  • 2.2K
    Shares

    एसइई दिने विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

    शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।

    नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो । कमजोर विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायबसुव्बा दीपेन्द्र जोशीले बताए ।

    उनका अनुसार न्यूनतम ३५ दिन अनिवार्य कक्षा सञ्चालनको व्यवस्था गरिएको र यसका लागि पाँच लाख परिचालन गरिएको छ ।

    ‘अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रतिविद्यार्थी लागतका आधारमा निकासा दिने निर्णय गरेका छौँं’, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘विद्यालयलाई विद्यार्थीको विषयगत हाजिरी र अध्यापन कार्यमा सम्लग्न शिक्षकको दैनिक उपस्थिति हाजिरी दुरुस्त राख्न भनेका छौँ ।’

    अतिरिक्त कक्षाको शिक्षा समिति, शिक्षा शाखा र नगरपालिकाले नियमित अनुगमन गरिरहेका छन् । अतिरिक्त कक्षा सञ्चालन भएपछि एसइईमा सहभागी हुने विद्यार्थीलाई पठन-पाठनमा सघाउ पुगेको छ ।

    ‘गरिब परिवारका विद्यार्थीले ट्युसन पढन सक्ने अबस्था हुदैन’, शिक्षा समिति सदस्य शेरबहादुर साउदले भने, ‘त्यस्ता विद्यार्थीले अतिरिक्त कक्षामा सहभागी भएर नबुझेका विषय वस्तुसँगै एसइईमा सोधिने प्रश्नबारे शिक्षकलाई सोधेर सामाधान खोज्छन्, यसबाट राम्रो अंक ल्याउन मद्दत पुग्छ ।’

    ‘एसइई दिने विद्यार्थीलाई अतिरिक्त कक्षामार्फत पढाइ हुन थालेपछि ट्युसन पढने झन्झटबाट विद्यार्थीले छुटकारा पाएका छन्,’ उनले भने, ‘यसबाट विद्यार्थीले ट्युसन पढनु  नपरेको र अभिभाकले ट्युसन पढाउनका लागि खर्च गर्नुपर्ने रकमसमेत जोगिएको छ ।’ 

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १२:१४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij