Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्ड र बाबुरामले भोली गर्ल्याम्मै अँगालो मार्ने, निरङ्कुश ओली भन्दै झार्नु सम्म झाँको झार्ने 

प्रचण्ड र बाबुरामले भोली गर्ल्याम्मै अँगालो मार्ने, निरङ्कुश ओली भन्दै झार्नु सम्म झाँको झार्ने 


  • 8.2K
    Shares

    प्रचण्ड र बाबुरामले भोली गर्ल्याम्मै अँगालो मार्ने, निरङ्कुश ओली भन्दै झार्नु सम्म झाँको झार्ने 

    काठमाडौं । दश वर्षे माओवादी ‘जनयुद्ध’का दुई प्रमुख कमाण्डर पुष्पकमल दाहाल (प्रचण्ड) र डा.बाबुराम भट्टराई (लालध्वज) ‘जनयुद्ध’को २५ औं वर्षगाँठका अवसरमा एउटै मञ्चमा उभिने भएका छन् ।

    बाबुरामले माओवादी पार्टी छाडेपछि भक्ति पाण्डेको स्मृति दिवस बाहेक विरलै एकै मञ्चमा देखिने दुई नेता शनिवार फागुन १ गते ‘जनयुद्ध’लाई स्मरण गर्न एकै मन्चमा देखिनेछन् ।

    यो मौका जुराएका हुन् डा. भट्टराईले । डा. भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ युद्ध दिवसकै अवसर पारेर सार्वजनिक हुँदैछ । भोली दुवै नेताले प्रधानमन्त्री ओलीको उछितो काड्ने बुझिएको छ। 

    युद्धकालमा बाबुरामले विभिन्न पत्रिकामा लेखेका र कतिपय अप्रकाशित कथाहरु समेत समेटेर फाइन प्रिन्टले सो पुस्तक प्रकाशन गरेको हो ।

    सो पुस्तक विमोचन कार्यक्रममा विभाजित नेकपाका अध्यक्ष प्रचण्ड,नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल,जनता समाजवादी पार्टीका नेता अशोक राई र डा. मीना पौडेल तथा अरुण गुप्तो प्रमुख वक्ता रहेको जसपाका नेता विश्वदीप पाण्डेले बताए ।

    1.jpg

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १२:५०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij