Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अबदेखि कक्षा ९ मा मात्रै रजिष्ट्रेसन फाराम भरे हुने

अबदेखि कक्षा ९ मा मात्रै रजिष्ट्रेसन फाराम भरे हुने


  • 2.2K
    Shares

    अबदेखि कक्षा ९ मा मात्रै रजिष्ट्रेसन फाराम भरे हुने

    राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा–९ मा मात्रै रजिष्ट्रेसन फाराम भर्ने व्यवस्था गरेको छ। बोर्डले दोहोरो रजिष्ट्रेसन फाराम भरिँदै आएकोमा माध्यमिक तहमा एकपटक रजिष्ट्रेसन फाराम भरे हुने गरी व्यवस्था गरेको हो।

    माध्यमिक तहमा कक्षा ९ र ११ मा दोहोरो रजिस्ट्रेसन फाराम भराउने गरिएको थियो। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अबदेखि कक्षा ९ मा मात्रै रजिष्ट्रेशन फाराम भराउने र कक्षा ११ मा भने नभराउने व्यवस्था गरेकाे बताए। ‘अब देखि कक्षा-९ मा मात्रै  रजिस्ट्रेशन फाराम भरे हुन्छ,यसै वर्षबाट यो लागु भइसकेको छ,’उनले भने। 

    बोर्डले कक्षा –११ का लागि प्रतिविद्यार्थीबाट रजिष्ट्रेशन शुल्क ८ सय रुपैयाँ उठाउँदै आएको थियो। तर,अभिभावक तथा सरोकारवालाहरूले सरकारले कक्षा-१२ सम्मलाई माध्यमिक तह कायम गरेकोले  एकै तहभित्र दुईपटक रजिस्ट्रेशन फाराम भर्नु उपयुक्त नभएको आवाज उठाउँदै आएका थिए।

    नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी पनि माध्यमिक तहमा एकपटक मात्रै रजिष्ट्रेशन गर्ने व्यवस्था गराउनुपर्ने माग गर्दै आएका थिए। त्यस्तै, नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने उल्लेख छ।

    अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ मा माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने व्यवस्था छ तर महालेखा परीक्षकको कार्यालयले ऐन विपरीत परीक्षा बोर्डले रजिष्ट्रेशन, परीक्षा, प्रमाणपत्र लगायत शीर्षकमा शुल्क उठाउँदै आएको भन्दै यस्तो नगर्न निर्देशन पनि दिएको थियो। 

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १६:३०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij