२०८२ भाद्र २ गते सोमवार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ । बिजुक्छेलाई भेट्न पौडेल उनकै निवास भक्तपुर पुगेका हुन् ।
पौडेल राष्ट्रपतिको आकांक्षी हुन् । बाह्यरूपमा बिजुक्छेलाई राष्ट्रपति बनाउनुपर्ने मागसमेत उठिरहेको छ । तर, उनले आफू राष्ट्रपतिका लागि योग्य पात्र नभएको बताउने गरेका छन् ।
यसअघि बिजुक्छेलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारीसमेत उनकै निवास पुगेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij