Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्रिय वाणिज्य बैंक र एससीटीबीच युपीआइ डेबिट कार्ड सेवा संचालनमा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र एससीटीबीच युपीआइ डेबिट कार्ड सेवा संचालनमा सम्झौता


  • 1.9K
    Shares

    • images
    राष्ट्रिय वाणिज्य बैंक र एससीटीबीच युपीआइ डेबिट कार्ड सेवा संचालनमा सम्झौता
    images

    राष्ट्रिय वाणिज्य बैंकले अब स्मार्ट च्वाइस टेक्नाेलाेजिज (एससीटी)को यूपीआई डेबिट कार्ड जारी  भएकाे छ । हालै यी दुई संस्थाबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

    सम्झौतापत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

    सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्नसक्ने बताइएकाे छ ।

    साथै एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई-कमर्सजस्ता सेवा लिन सक्नेछन् ।

     

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १३:३०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij