२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले काठमाडौं जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको उमेर हदवन्दीबारे काठमाडौंका सबै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखलाई शुक्रबार पत्र लेखेको छ ।
विद्यालय कर्मचारीहरूलाई उमेर हदवन्दीको कारण देखाई अवकास दिने कार्य भइरहेको जानकारी इकाईलाई नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले (२६ माघ) बिहीबार जानकारी गराएको भन्दै इकाईले उमेर हदवन्दीका कारण अवकास दिने कार्य रोक्न पत्र लेखेको हो।
२०७८/११/४ गते सर्वोच्च अदालतले विद्यालय कर्मचारीलाई विनासुविधा अवकास दिने कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो । त्यसैगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि २०७८/६/१९ गते उमेर हदवन्दीबारे कार्यान्वयन नगर्न भनेको थियो ।
इकाईले विद्यालय कर्मचारीको उमेर हदवन्दीबारे गरिएको पत्राचारको जानकारी शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर र विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति, काठमाडौंलाई गराएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij