२०८२ माघ ८ गते बिहिवार
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कठिन भनिएका विषयको परीक्षा हुने भन्दा अघिल्लो दिन परीक्षा सञ्चालन नगर्ने गरी तालिका सार्वजनिक गरेको जनाएको छ । विगातका वर्षहरुमा त्यसो नगरीए पनि यो वर्षबाट कठिन भनिएका विषयको परीक्षा हुने भन्दा अघिल्लो दिन परीक्षा सञ्चालन नगर्ने गरी तालिका सार्वजनिक गरेको जनाएको हो ।
कठिन भनिएका विषयहरुमा विद्यार्थीले तयारी गर्नका लागि परीक्षा तालिका निकाल्दा मिलाईएको परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले बताए । उनले चैत १७ देखि २९ सम्म सञ्चालन हुने परीक्षामा १८ गते शनिबार भएकोले १९ गते गणित विषयको परीक्षा राखिएको र २२ गते विज्ञान विषयको लागि २१ गते कुनै पनि परीक्षा नराखिएको बताए ।
अडिायो नोटिस बोर्ड सर्भिसको प्रयोग
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले यो वर्षदेखि अडिायो नोटिस बोर्ड सर्भिसको प्रयोग गरेको छ । कुनै पनि नेपाल टेलिकमको नम्बरबाट १६१८०१६६३११४६ मा कल परेपछि परीक्षा बोर्डले जारी गरेको सूचना अडियो मार्फत सुन्न सकिने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij