Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

इसीडी शिक्षक र शिक्षकको तलबभत्ताबारे केन्द्रले दियो यस्तो निर्देशन

इसीडी शिक्षक र शिक्षकको तलबभत्ताबारे केन्द्रले दियो यस्तो निर्देशन


  • 3.7K
    Shares

    इसीडी शिक्षक र शिक्षकको तलबभत्ताबारे केन्द्रले दियो यस्तो निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले शिक्षक र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को नपुग तलबभत्ता विवरण फागुन पहिलो हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।

    शिक्षक र इसीडी शिक्षकको नपुग तलबभत्ता कार्यान्वयन पुस्तिका २०७९–८० को अनुसूची १ को ढाँचामा सबै स्थानीय तहलाई माघ मसान्तभित्र शिक्षा विकास तथा समन्वय इकाईमा पठाउन निर्देशन दिएको हो ।

    केन्द्रले सबै स्थानीय तहले माघ मसान्तभित्र सम्बन्धित इकाईमा र इकाईले स्वीकृत दरबन्दी र बजेट हिसाव रूजु गरी सबै स्थानीय तहहरूको एकीकृत विवरण फागुन पहिलो हप्ताभित्र केन्द्रम पठाउन निर्देशन दिएको हो ।

    केन्द्रको आजको निर्णयअनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र इसीडी शिक्षकको तलबभत्ताका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष २०७९–८० को सुरुमै सम्बन्धित स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिसकेको केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

    यसवर्ष वृद्धि भएको तलबसमेत हिसाव गर्दा चालु आर्थिक वर्ष २०७९–८० मा विनियोजित बजेटले नपुग हुने भएमा केन्द्रले तोकेको समयमा योजना तथा अनुगमन शाखामा इमेल मार्फत् पठाउन निर्देशन दिएको छ ।

    हेर्नुहोस् केन्द्रको यो पत्र

    ecd.PNG

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १३:५४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij