Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीको प्रश्न- रवि लामिछानेविरुद्ध सर्वोच्चले गरेको फैसलाबाट कसले न्याय पायो ?

ओलीको प्रश्न- रवि लामिछानेविरुद्ध सर्वोच्चले गरेको फैसलाबाट कसले न्याय पायो ?


  • 2.0K
    Shares

    ओलीको प्रश्न- रवि लामिछानेविरुद्ध सर्वोच्चले गरेको फैसलाबाट कसले न्याय पायो ?

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेविरुद्धको उजुरीको फैसलाले कसले न्याय पायो ? भन्दै प्रश्न गरेका छन् । 

    आजको प्रतिनिधिसभा बैठकमा उनले उजुरकर्तालाई के मर्का पर्‍यो र न्याय खोजेको भन्ने नबुझेको बताए । “उजुरकर्तालाई के मर्का पर्‍यो र न्याय खोजे ? असम्बन्धित व्यक्तिले उजुरी गरे,” उनले भने, “यो फैसलाबाट कसले न्याय पायो ?”

    उनले प्रक्रियागत त्रुटि हुँदा सांसद, गृहमन्त्री, अध्यक्ष गुमाएको भन्दै लामिछानेले न्याय नपाएको देखिएको तर कसले न्याय पायो भन्ने नबुझेको बताए । ओलीले अदालतको फैसलाको सम्मान गर्ने र कार्यान्वयन गर्ने बताए ।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १६:०५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij