Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ग्लोबल आइएमई बैंकको नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?

ग्लोबल आइएमई बैंकको नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?


  • 351
    Shares

    ग्लोबल आइएमई बैंकको नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    वित्तीय विवरण अनुसार पहिलो ६ महिना पुससम्म बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६.५१ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले दोस्रो त्रैमाससम्म १२.२४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

    बैंकले ८ अर्ब २ करोड २३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८ अर्ब २९ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेको छ। चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ४ अर्ब २७ करोड ६३ रुपैयाँमा भएको छ। बैंकको सञ्चालन मुनाफा १.७१ प्रतिशतले बढी हो।

    बैंकले ६ खर्ब ५ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ५ अर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ र रिजर्भमा २६ अर्ब २७ करोड ८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ९एनपीएल० घटेर ०.८८ प्रतिशतमा पुगेको छ। 

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १७.०६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.०२ रुपैयाँ थियो। पीई रेसियो १३.२४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७५.२७ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १०:५९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij