Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण पठाउन सबै स्थानीय तहलाई केन्द्रको निर्देशन

शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण पठाउन सबै स्थानीय तहलाई केन्द्रको निर्देशन


  • 2.7K
    Shares

    शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण पठाउन सबै स्थानीय तहलाई केन्द्रको निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण फागुन पहिलो हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।

    शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता कार्यान्वयन पुस्तिका २०७९–८० को अनुसूची १ को ढाँचामा सबै स्थानीय तहलाई माघ मसान्त भित्र एकाइमा पठाउन निर्देशन दिएको  छ ।

    केन्द्रले  सबै स्थानीय तहले माघ मसान्त भित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले स्वीकृत दरवन्दी र बजेट हिसाव रूजु गरी सवै स्थानीय तहहरूको एकीकृत विवरण फागुन पहिलो हप्ताभित्र केन्द्रम पठाउन निर्देशन दिएको हो ।

    केन्द्रको आजको निर्णयअनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र बालबिकास सहजकर्ताहरूको तलव भत्ताका लागि आवश्यक बजेट चालु आव २०७९–८० को सुरुमै सम्वन्धित स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिसकेको केन्द्रले जारी गरेको सचनामा उल्लेख गरेको छ ।

    यस बर्ष वृद्धि भएको तलव समेत हिसाव गर्दा चालु आवमा विनियोजित बजेटले नपुग हुने भएमा केन्द्रले तोकेको समयमा योजना तथा अनुगमन शाखामा इमेलमार्फत पठाउन निर्देशन दिएको छ ।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १३:४०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij