Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राष्ट्रियसभा उपाध्यक्षमा सत्तापक्षबाट माओवादीकी उर्मिला उम्मेदवार बन्दै, यस्तो छ अंकगणित

राष्ट्रियसभा उपाध्यक्षमा सत्तापक्षबाट माओवादीकी उर्मिला उम्मेदवार बन्दै, यस्तो छ अंकगणित


  • 2.8K
    Shares

    राष्ट्रियसभा उपाध्यक्षमा सत्तापक्षबाट माओवादीकी उर्मिला उम्मेदवार बन्दै, यस्तो छ अंकगणित

    राष्ट्रियसभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य उर्मिला अर्याललाई उम्मेदवार बनाउने तय भएको छ ।

    राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना एमालेबाट भएकाले उपाध्यक्षमा माओवादीलाई सघाउने एमालेले जनाएको छ । उपाध्यक्षका लागि आज मनोनयन दर्ताको समय रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

    कांग्रेसबाट उम्मेदवार तय भइसकेको छैन । कमला पन्तलाई अघि सार्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । कांग्रेसलाई नेकपा एस र लोसपाले सघाउने भएका छन् । राष्ट्रियसभामा हाल ५८ सांसद छन् । अध्यक्षले मतदान नगर्ने भएकाले ५७ मध्ये २९ मत पाउनले उपाध्यक्ष जित्न सक्छन् । जसमा एमालेबाट अध्यक्षबाहेक १७ सांसद छन् भने माओवादीका १६ सांसद छन् ।

    बहुमतका लागि एमाले र माओवादीकै सांसदको संख्या पुग्छ भने जसपाका ३ र वामदेव गौतम समेतले माओवादी केन्द्रलाई मत दिने सम्भावना छ । यो मत जोड्दा सत्तापक्षका उम्मेदवारले ३७ मत पाउँछन् ।

    राष्ट्रियसभामा नेपाली कांग्रेसको ११,नेकपा एसको ७, लोसपाको १ र राष्ट्रिय जनमोर्चाको १ सीट रहेको छ । सो मत कांग्रेस उम्मेदवारले पाउँदा २० मात्र हुन्छ ।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - ११:१३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij