Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता

आज राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता


  • 2.5K
    Shares

    आज राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता

    रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। 

    संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

    संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ।राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो।

    राष्ट्रिय सभाको उपाध्यक्षका लागि सत्ता पक्ष र प्रतिपक्ष कसैले पनि उम्मेदवार तय गरेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन। यता सत्तारुढ गठबन्धनले पनि उम्मेदवार टुंगो लगाएका छैनन्। यसैबीच राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि बिपक्षी दलहरुको बैठक बस्दैछ।

    हिजो शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको थियो। उक्त छलफललाई निष्कर्षमा पुर्‍याउन आज कांग्रेसले पुनः बैठक बोलाएको छ।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १०:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij