२०८२ भाद्र २ गते सोमवार
शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा प्राथमिक तह प्रथम श्रेणी तथा द्धितीय श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।
बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको नमावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।
बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij