Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मलेसियाका गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता, के भयो कुराकानी?

मलेसियाका गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता, के भयो कुराकानी?


  • 1.7K
    Shares

    मलेसियाका गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता, के भयो कुराकानी?

    काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन्।

    हालै ५ लाख आप्रवासी श्रमिक भित्र्याउने घोषणा गरेको मलेसियाले नेपालबाट के कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ।

    मलेसियासँग नेपालले त्यहाँ रहेका श्रमिकको हक अधिकारका बारेमा पनि कुरा उठाएको छ। समान ज्याला, सामाजिक सुरक्षा, स्वास्थ्य उपचार लगायतका विषयमा गृहमन्त्री सैफुद्दिनसँग छलफल भएको हो।

    मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौँको एक होटलमा भेट जारी छ। मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन्।

    ३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

    प्रकाशित मिति :माघ २० २०७९ शुक्रवार - १३:५०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij