Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोग: पुनर्योगपछि पास भएकाहरू अन्तरवार्ताका लागि छनोट

शिक्षक सेवा आयोग: पुनर्योगपछि पास भएकाहरू अन्तरवार्ताका लागि छनोट


  • 2.1K
    Shares

    शिक्षक सेवा आयोग: पुनर्योगपछि पास भएकाहरू अन्तरवार्ताका लागि छनोट

    लिखित परीक्षामा फेल भएका परीक्षार्थी पुनर्योगपछि पास भएका छन् । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा अनुत्तीर्ण भएका तीन जना उम्मेदवार पुनर्योगपछि पास भएका हुन् ।

    आयोगले पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशन गरेको लिखित परीक्षाको नतिजामा तीन जना उम्मेदवार फेल भएका थिए । त्यसपछि उनीहरूले पुनर्योगका लागि निवेदन दिएका थिए । पुनर्योगपछि उनीहरू अन्तर्वार्ताका लागि छनौटमा परेका हुन् ।

    त्यसरी पुनर्योगका लागि निवेदन दिनेमा महोत्तरीका सन्तोष कुमार बमजन, रामेछापका हरिओम सुनुवार र सिन्धुलीका ज्ञानेन्द्रकुमार न्यौपाने अन्तर्वार्ताका लागि छनौटमा परेका हुन् । लिखित (विषयगत) परीक्षाको नतिजा चित्त नबुझी पुनर्योगका लागि खोटाङ, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली, रसुवा, रुपन्देही, सल्यान, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, डडेलधुरा, डोटी, बैतडी, स्याङ्जा, दैलेख र नुवाकोटका उम्मेदवारहरूले नजिता पुनर्योगका लागि निवेदन दिएका थिए ।

    पुनर्योगका लागि आवेदन दिएका अन्यको भने नतिजा फेरबदल नभएको आयोगले जनाएको छ । पुनर्योगबाट अन्तर्वार्ताका लागि छनोटमा परेकाहरूको २० देखि २३ गतेसम्म अन्तर्वार्ताका लागि मिति तोकिएको छ ।

    प्रकाशित मिति :माघ १९ २०७९ बिहिवार - १६:२२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij