Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

२०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने

२०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने


  • 5.2K
    Shares

    २०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने

    काठमाडौँ । आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो । कतिपय जिल्ला तथा विद्यालयहरूबाट शैक्षिक शत्र कहिलेदेखि शुरू हुने भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जिज्ञासा राख्दै आएका थिए । शिक्षा नियमावली, २०५९, (संशोधनसहित) को नियम ८४ (१) बमोजिम ६ माघमा मन्त्रीस्तरीय निर्णयले वैशाख १ गतेदेखि शुरू गर्ने निर्णय गरेको हो । 

    केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै सोही निर्णयको आधारमा स्थानीय तहमार्फत विद्यालयमा जानकारी गराई कार्यान्वयनमा सहजीकरण गर्न अनुरोध गरेको छ । 

    चालू शैक्षिक शत्र असार १ गतेदेखि सुरू भएको थियो । हरेक वर्ष बैशाख महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुनुपर्नेमा कोरोना महामारीका कारण शैक्षिक सत्र पर धकेलिएको थियो । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका कारण असार १ गतेदेखि शैक्षित्र शत्र सुरू गरिएको थियो । चालु शैक्षिक शत्रमा असारबाट शैक्षिक सत्र सुरू भएकोमा २०८० मा कहिलेबाट सुरू हुन्छ भन्नेमा कतिपय विद्यालयमा अन्यौलता कायम थियो ।

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - १३:४२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij