Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उत्तर पुस्तिका साटासाट गर्ने २ जनालाई लोक सेवा आयोगले गर्‍यो कारबाही

उत्तर पुस्तिका साटासाट गर्ने २ जनालाई लोक सेवा आयोगले गर्‍यो कारबाही


  • 2.5K
    Shares

    उत्तर पुस्तिका साटासाट गर्ने २ जनालाई लोक सेवा आयोगले गर्‍यो कारबाही

    काठमाडौँ । लोक सेवा आयोगले एक अर्काबाट उत्तर साटासाट गर्ने २ जना परीक्षार्थीलाई कारबाही गरेको छ । खरिदार वा सो सरह पदको ३० पुस २०७९ मा लोक सेवाले लिएको परीक्षामा सहभागी भई उत्तर पुस्तिका एक आपसमा साटेर लेखेको भन्दै आयोगले कारबाही गरेको हो । 

    जयप्रकाश यादव र राजनारायण रायको उक्त विज्ञापनसँग सम्बन्धित उत्तर पुस्तिकाहरू रद्द गरिएको आयोगले जनाएको छ । साथै उनीहरूमध्ये यादवलाई २ वर्ष र रायलाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।

    आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४० (१) (क) बमोजिम कसुर गरेको प्रमाणित भएकाले सोही आधारमा कारबाही गरेको आयोजनाले जनाएको छ ।

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १७:४७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij