Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

लोकसेवा प्रतिको आकर्षण बढाउन निःशुल्क कक्षा

लोकसेवा प्रतिको आकर्षण बढाउन निःशुल्क कक्षा


  • 1.8K
    Shares

    लोकसेवा प्रतिको आकर्षण बढाउन निःशुल्क कक्षा

    गुल्मीको एक स्थानीय तहले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाले विद्यार्थीहरूलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क लोकसेवा तयारी सञ्चालन गर्न लागेको हो । 

    आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम अनुसार निःशुल्क लोकसेवा तयारी सञ्चालन गर्न लागिएको बताइएको छ । गाउँमै जागिरको तयारी गर्नको लागि यही माघ ११ गतेदेखि कक्षा सुरु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए । गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्ने वातावरण सिर्जनाको लागि पहिलो चरणमा विद्यार्थीहरूलाई अभिमुखीकरण गर्ने बताइएको छ । 

    गाउँपालिकाले सञ्चालन गर्ने पहिलो दिनको अभिमुखीकरण र तयारी कक्षा १८ दिनसम्म चल्ने भएको छ । सहभागिताको लागि ४५ जनाले निवेदन दिएका छन् । सुरुमा शिक्षक सेवा र लोक सेवाको पहिलो पत्रमा आधारित रहेर तयारी गराइने भएको छ । बाँकी तयारीका कक्षा सहभागीहरूको आवश्यकताका आधारमा अगाडि गाउँपालिकाले जनाएको छ । 

    देशमा हुने रोजगारीतर्फ कम आकर्षित भई वैदेशिक रोजगारीमा जाने बढ्दो चापलाई कम गर्नको लागि उक्त कक्षा सञ्चालन गर्न लागिएको छ । गाउँमै बसेर जागिरको तयारी गर्न सक्ने र लोकसेवामा आकर्षण बढाउनका लागि अभिमुखीकरण सहित कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । 

    बाध्यताले सहरमा गएर लोकसेवा र शिक्षक सेवाको कक्षा लिने कुराको अन्त्य र आर्थिक हिसाबले कमजोर भएकाहरूलाई लक्षित गरेर नीति तथा कार्यक्रम नै समावेश गरिएको उनले बताए । चन्द्रकोट सहित यस क्षेत्रबाट लोक सेवामा कम आकर्षण भएको हुँदा लोकसेवा प्रति आकर्षण बढाउनका लागि यस्तो गरिएको उनको भनाई छ ।

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - ११:०६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij