Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस


  • 1.8K
    Shares

    राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस

    राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गरेकी हुन् ।

    मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरुरी भएको बताइन् ।

    उनले मुुुलुको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पारिन् ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए ।

    बैठकमा राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो ।

    बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादवलाई दिगो विकास तथा सुशासन समितिमा मनोनयनका लागि प्रस्तुत गरेकाे प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १० गते १ बजे बस्नेछ ।

    प्रकाशित मिति :माघ ६ २०७९ शुक्रवार - ११:४४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij