२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । शिक्षक सेवा आयोगले अहिले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पद खुला प्रतियोगितात्मक लिखित परीक्षाको जिल्लागत नतिजा प्रकाशन गरिरहेको छ ।
आयोगले २०७८ चैत १९ गते २०७९ असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजामा उत्तीर्ण हुने शिक्षकहरुको माघ १८ गतेदेखि अन्तर्वार्ता लिने समयतालिका सार्वजनिक गरेको छ ।
सबै जिल्लाको नतिजा सार्वजनिक गरिसकेपछि सिफारिस गर्न ढिला हुने भएकोले लिखित परीक्षा उतीर्ण गरेका शिक्षकहरुको अन्र्तवार्ता लिने र अन्तर्वार्ताको नतिजा आएका जिल्लाका शिक्षकहरुलाई विद्यालयमा पठाउनको लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गर्दै जाने तयारी गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।
उनले भने, ‘सबै जिल्लाको नतिजा निकालेर मात्रै सिफारिस गर्दा समय लाग्ने भयो । त्यसैले लिखित परीक्षाको नतिजा प्रकाशन भएकाहरुको अन्तर्वार्ता हुने अन्तर्वार्ताको नतिजा प्रकाशन गर्दै सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस पनि गर्दै जाने हिसाबले अगाडी बढिरहेका छौं।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij