२०८२ भाद्र ३ गते मंगलवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्नमाध्यमिक तह, तृतीय श्रेणी शिक्षकलाई नियुक्ति तथा पदस्थापना गर्न सम्बनिधत निकायलाई निर्देशन दिएको छ ।
शिक्षक सेवा आयोगको चनं २७७ पुस १९ को सिफारिस पत्रानुसार उक्त आयोगबाट प्रकाशित पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारलाई पदस्थापना गर्न निर्देशन दिएको हो ।
विषयगत र प्रदेशगत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण, जिल्लाको विषयगत पदसंख्या सहितको विवरण साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शन सहितको विवरण सातओटै प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शनमा तोकिए बमोजिम नियुक्ति तथा पदस्थापना गर्न निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij